लहान । सवारी दुर्घटनामा मरेका पिडित परिवारजनहरूसँगको क्षतिपुर्ती दिलाउन गएको असारदेखी बार्गेनिङ् गर्दै आएका एक सुब्बा पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय , महोत्तरीमा कार्यारत प्रशासन फाँटका सुब्बा अशोक कुमार यादव पक्राउ परेका हुन् ।
यातायात दुर्घटना मुद्दा मिलाउन उनले ५० हजारबाट बार्गेनिङ् सुरू गरेका थिए ।
अख्तियारले उनलाई २० हजार नगद घूश लिदैगर्दा रङ्गेहात पक्राउ गरेको हो।
प्रतिक्रिया