धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीकाे कार्यशैलीप्रति चित्त नबुझेकाेले ती मन्त्रीलाई हटाउने बजार हल्लाका बीच गृहमन्त्री रमेश लेखकले मन्त्री परिर्वतन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।
उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका छन् ।
आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउँदै तथापि अहिले नै मन्त्री फेर्ने कुरा नभएकाे बताएका हुन्।
उनले भने-दुईदलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको बिषयलाई लिएर दुई दल बिच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको बिषयलाई लिएर वेकामको हल्ला चलाईएको बताए ।
उनले भने- एमाले र काँग्रेस बिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाईरहेका छौ, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौ ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडी जानू भयो भन्ने बिषय सामान्य रहेको उल्लेख गरे ।
प्रतिक्रिया