मन्त्रीपरिषदकाे बैठक बस्दै

काठमाडाै । मन्त्रीपरिषदकाे बैठक अपरान्ह चार बजे बस्दैछ ।

सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बैठक बस्ने भएकाे हाे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीनका राष्ट्रपति सी जिन फिङकाे निमन्त्रणामा त्यता जादैछन् । आजकाे बैठकले प्रधानमन्त्री ओलीकाे भ्रमणलाई स्वीकृत गर्ने बताईएकाे छ ।