काठमाडाै। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । आज बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै भारतीय नागरिक रहेकाे प्नहरीले जनाएकाे छ ।
गोप्य सूचनाको आधारमा अवैध रुपमा अनलाइन गेममार्फत (जुवा सट्टाबाजी) सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन पौडेलले बताए ।
‘वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु ल्डसै एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज००७, क्लासिकएक्ससीएच९९, गोएक्ससीएच९ लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ ९जुवा सट्टावाजी० सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो’, डीएसपी पौडेलले भने ।
प्रतिक्रिया