बिना भिसा नेपाल छिरेपछि दुई बंगलादेशी पक्राउ

काठमाडाै । प्रवेशाज्ञा(भिसा) बिना नेपाली भूमिमा प्रवेश गरेको दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र  नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए ।

उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।