पूर्वमन्त्री दिपक मनाङे पक्राउ

काठमाडाै । पूर्वमन्त्री दिपक मनाङे पक्राउ परेका छन् ।

उनलाई काठमाडाैस्थित सानाेभर्याङबाट आज प्रहरीले पक्राउ गरेकाे हाे ।

अर्का डन मिलन चक्रेलाई तरवार प्रहार गरेकाे मुद्दामम उनलाई सर्बाेच्च अदालतले उच्च अदालतकाे फैसला सदर गर्दै पाँच वर्षकाे जेल सजाय सुनाएकाे थियाे ।

Nepal Press - Live
Nepal Press - Live

गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ, कारागार चलान हुँदै

 नेपाल प्रेस

 २०८१ कार्तिक २७ गते ११:००

126Shares

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् ।

उनी पक्राउ परेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको गृह मन्त्रालयले जनाएको छ ।