काठमाडाै । मानव तस्करीको आरोप लागेका मा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।
आज विराटनगरबाट पक्राउ परेका उनलाई लगत्तै विमान मार्फत काठमाडौँ ल्याइएको थियो।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्।
प्रतिक्रिया