पक्राउ परेपछि अधिकारीकाे प्रतिकृया: प्रहरीलाई सहयाेग गर्न हिडे

विराटनगर । जापान काण्डमा मुछिएका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले पक्राउ परेपछि आफूले प्रहरीलाई सहयोग गर्न हिडेकाे प्रतिकृया दिएका छन् ।

डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताएका थिए ।

उनले भने, ‘म कानुन मान्ने मान्छे हो मैले अनुसन्धानमा सहयोग गर्नु पर्छ । उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई फसाइएको बताए ।

‘गल्तीले गर्दा दलालको फन्दामा परे ।,’ उनले भने, ‘अनुसन्धानलाई पूर्णतचा दिन म आँफै जाने तयारीमा थिए ।’