काठमाडाै । नेकपा एमाले र नेपाली कांग्रेसले सरकारकाे काम चुस्त दुरुस्त पार्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेकाे छ ।
उक्त संयन्त्रले सरकारी कामलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका निर्वाह गर्नेछ ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।
प्रतिक्रिया