पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्दाेग अन्तर्गत पाँच वर्षकाे जेल सजाय

काठमाडाै। गण्डकी प्रदेशका पूर्वमन्त्री तथा डन दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई उक्त सजाय सुनाइएको हो ।

मनाङेलाई यसअघि  उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।