काठमाडाै । हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकाे समर्थनमा पाेखरामा रास्वपा कार्यकर्ताहरुले गरेकाे प्रदर्शनबाट सात जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति लामिछानेका समर्थकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको थियाे।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए ।
सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास प्रहार गरेको हो । निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेकाका कारण सात जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
यस्तै प्रहरीले रास्वपा कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ । मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो । जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् ।
प्रतिक्रिया