रविका समर्थकमाथि अश्रृग्यास प्रहार

काठमाडाै ।निषेधाज्ञा टाेड्न खाेजेपछि पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ । पोखरा महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएकाे हो ।

मंगलबार मध्यान्हमा वाई चोकमा प्रदर्शन गरिरहेका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको हो ।

रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेकाे थियाे ।