डा.द्वारिका उप्रेतीलाई अन्तरिम आदेश(आदेश सहित)

काठमाडाै। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा विविध आरोप लगाउँदै मन्त्रालय तानिएका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलाई काम काज गर्न दिनका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।


उनीविरुद्ध विभिन्न आरोप लगाउदै मन्त्रालयमा उजुरी परेको कारण छानबिनका लागि उनलाई मन्त्रालयमा हाजिर हुन शुक्रबार पत्र लेखिएको थियो ।


आफूले पदको दुरुपयोग हुने गरी कुनै अनुचित कार्य नगरेको भन्दै नियमित कामकाज गर्न पाउनुपर्ने माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार अन्तरिम तथा कारण देखाउ आदेश जारी गरेको छ । उक्त आदेशअनुसार अब उनले नियमित रुपमा बोर्ड सचिवालयको कार्यसम्पादन गर्न पाउने भएका छन् ।