कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हाबी भयाे: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी हुनुका साथै भ्रष्टाचार बढेकाे टिप्पणी गरेका छन्।

आज नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टिकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताएका हुन्।

उनले भने, ‘अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरेका छौँ। त्यसअर्थमा समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौँ। त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ रु बहस गरौँ। हामी समाजवादका कुराहरू गरिरहेका छौँ। तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? अरू समाजवादी मुलुकको जस्तो हुँदैन।’