आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज विश्वकपसँग भिड्दै

काठमाडाै ।नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज स्कटल्याण्डसँग खेल्दैछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छ।

दुवै टोलीबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो। यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।