काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा कार्यकर्ता यतिखेर माइतीघर मण्डलामा जम्मा भएका छन् । काठमाडौ केन्द्रित आन्दोलनका लागि उनीहरु आज माइतीघरमा भेला भएका हुन । स्वपाले आज अपराहन्न १ बजेदेखि काठमाडौँको माइतीघरमा प्रदर्शन शुरु गरेको छ । प्रदर्शनका क्रममा रास्वपाका केन्द्रीय नेताहरुले सम्बोधन गरिहेका छन् ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् ।
रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।
प्रतिक्रिया