काठमाडौ । देशैभर डेङ्गुको प्रकोप बढेसँगै सरकारले लामखुट्टे मार्नका लागि अग्रसर भएको छ । अहिले ७६ जिल्लामा डेङ्गुको प्रकोप बढेपछि सरकारले देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।
बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
सरकारले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ ।
ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया