काठमाडौ। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामबारे प्रतिकृया दिदै सरकारले राम्रो काम गरेको बताएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उनले स्पष्ट पारेका हुन । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए ।
सबै किसिमबाट सरकारले गति लिएको भन्दै उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको टिप्पणी गरे । वर्तमान सरकार पूरा कार्यकाल जाने र ओली २ वर्ष प्रधानमन्त्री बनिसकेपछि बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने देउवाले बताए ।
प्रतिक्रिया