काठमाडाै । सत्तारुढ दलकाे बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफलका लागि बैठक बस्न लागेकाे हाे ।
नेपाली कांग्रेसलगायत दलहरूको समर्थनमा गत असार ३० गते मुलुकको प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिने उपलब्धी सार्वजनिक गरेका थिए। उनीसँगै सत्तारुढ दलले पनि सरकारको १०० दिने कामबारे साझा धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
आजको बैठक पनि यसैमा केन्द्रित रहने देखिन्छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया