मन्त्रीपरिषदको बैठक पाँच बजे बस्दै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डोकेका छन् ।

प्रधानमन्त्रीले डाकेको बैठक साँझ ५ बजे बस्ने छ । यो नियमित बैठक हो ।

प्रधानमन्त्री ओलीले यसअघि सोमबारका लागि बैठक बोलाएका थिए । तर, काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति नभएपछि प्रधानमन्त्रीले उक्त बैठक स्थगित भएको थियो ।