काठमाडौ । दुई बालकिालाई बलात्कार गरेको अभियोगमा सशस्त्रका दुई हवल्दार प्रकाउ परेका छन् । पक्राउ पर्नेमा २९ न.ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन् ।
गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर उनीहरुले बलात्कार गरेको अनुसन्धानमा खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
बलात्कारको आरोप लागेका दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिए ।
प्रतिक्रिया