काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौंकेन्द्रित आन्दोलनकाे तयारी गरेकाे छ।
पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको हो।
गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरिराखेको छ।
आन्दोलनका लागि पार्टीका सबै शीर्ष नेता, सांसदहरू पनि पोखरामै केन्द्रित छन्। जिल्ला-जिल्लाबाट पनि नेता, कार्यकर्ता पोखरा उतारेर प्रदर्शन र सभा गरिएको थियो।
आज सभापति लामिछानेलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको छ। दोस्रो पटक म्याद थप गर्नका लागि उनलाई अदालत लगिएको हो। यसअघि उनलाई ६ दिन हिरासतमा लिएर अनुसन्धान गरिएको थियो।
बिहीबार नै रास्वपाका नेताहरूले पत्रकार सम्मेलन गरेर न्यायिक प्रक्रियामा झक्झक्याउनका लागि पोखराको आन्दोलन सफल भएको दाबी गरेका छन्।
पाेखराकाे आन्दाेलनलाई अन्त्य गरेर संभवत रास्वपाका नेताहरु काठमाडाै आउलान ।
प्रतिक्रिया