बटौलीमा छविपछि रविको पालो

काठमाडौ । यतिखेर सहकारी ठगी काण्डमा पक्राउ परेका गोर्खा मिडिया नेटर्वकका तत्कालीन उपाध्यक्ष छविलाल बन्जाडे (जोशी) ले वुटवल पुगेर बयान दिरहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले अहिले छविको बयान लिइरहेका छन् ।


हिजो पोखराबाट बटौली पुर्याईएका छविपछि अब बयान दिने काम रविको हुने बताईएको छ । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको देखिएको प्रहरीले जनाएको छ ।

यही मुद्धामा काठमाडौबाट पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याईएको छ । उनीमाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।