पार्टी फुट्को हल्ला नियोजित होः माधवकुमार नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको बताएका छन् ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

उनले अघि भने, ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु ।’