बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज पनि बयान लिइने भएको छ । हिजाे सोमबार बयान नसकिएपछि उनलाई आज पनि बयान लिइने भएकाे हाे ।
कास्कीबाट हिजाे दिउँसाे हवाईजहाजमार्फत रुपन्देही पुर्याईएका जोशीसँग साँझ पौन सात बजेसम्म बयान लिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा दिउँसो बाट लिएको बयान नसकिएपछि आज फेरि बयानलाई निरन्तरता दिने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गर्नका लागि कास्की प्रहरीले उनलाई रुपन्देही पठाएको र यहाँ बयान लिएपछि पुन कास्की नै पठाइने उनले बताए । पूर्वडीआईजी जोशीलाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले बताए ।
प्रतिक्रिया