टि –२० आइ श्रृङ्खलामा नेपालकाे ‘क्लिन स्विप’

काठमाडौं । अमेरिकामा जारी टि –२० आइ श्रृङ्खलामा अमेरिकालाई नेपालले ‘क्लिन स्विप’ गरेको छ ।

आज बिहान डालासमा आसिफ शेखको अर्धशतकीय पारी भूकिाले नेपालले अमेरिकालाई ८ विकेटले हराएको हो ।उनले अर्धसतक बनाउँदा नेपालले १० ओभरमा १ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको थियो । योसँगै नेपालले शृंखला ३–० ले जितेको छ ।

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै लगातार तेस्रो जित निकालेको हो । उनले ३८ बलमा ५ चौका र २ छक्कासहित ५० रन बनाए ।
यसअघि ओपनर अनिल शाहले १३ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेल र चौथो नम्बर क्रिजमा आएका कुशल मल्लले अर्धसतकीय साझेदारी गरेका हुन् । भुर्तेलले ३२ बलमा ४० रन बनाए । मल्लले ३० बलमा ४४ रन जोडेका हुन् ।

यसअघि अमेरिकाको लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रनको योगदान गरे ।

यसअघि कप्तान तथा ओपनर मोनान्क पटेललाई २ रन बनाउँदा सोपमाल कामीले एलबिडब्लु धरापमा पारेका थिए । तेस्रो नम्बर क्रिजमा आएका आन्द्रेस गौसलाई दुई रन जोड्दा रिजन ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै दबाब सिर्जना गरेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट हात पारे । रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । दीपेन्द्र, कुशल मल्ल, गुल्शन झा र आरिफ शेख विकेट विहिन भएका छन् ।

एक खेल अघि नै नेपालले शृंखला २–० ले जितिसकेको थियो । यसअघि नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भएको हो ।

अब यसपछि , नेपालले अमेरिका र स्कटल्यान्ड समिम्लित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेल खेल्नेछ ।