पाेखरा अस्तव्यस्त, आन्दाेलनकारीले ताेडे निषेधाज्ञाकाे घेरा

काठमाडाै । यतिखेर पाेखरा अस्तव्यस्त हुन पुगेकाे छ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेकाे बिराेधमा आन्दाेलनकारीहरु सडकमा ओर्लिएपछि यस्ताे अवस्था सिर्जना भएकाे हाे ।

रविलाई आज अदालतमा उपस्थित गराईदै गर्दा सुरक्षा चुनाैतीलाई मध्यनजर गर्दै पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरूले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

तथापी आन्दाेलनकारीले निषेधाज्ञाकाे घेरा ताेडेर नाराबाजी गरिरहेका छन् ।