प्रभाकरले चितवन पुगेर प्रचण्डलाई दिए दनक

चितवन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले चितवन पुगेर पार्टी अध्यक्ष प्रचण्डलाई दनक दिएका छन्। पार्टीभित्र प्रचण्डसँग राजनीतिक विमति राख्दै आएका प्रभाकरले प्रचण्डलाई कम्युनिस्ट आन्दोलनलाई एक बनाएर अघि बढाउन अनुरोध गर्दै छाति फराकिलाे बनाउन आग्रह समेत गरेका हुन्।

आज चितवनमा माओवादीका बेपत्ता तत्कालीन नेता दण्डपाणी न्यौपानेको स्मृतिमा आयोजित जनसाँस्कृतिक कार्यक्रममा एउटै मञ्चमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई ‘ठूलो छाती’गरेर समाजवादी कम्युनिस्ट आन्दोलन एक बनाउन अनुरोध गरेका हुन् ।

‘वास्तविक कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउन नयाँ ढंगले सोचौँ, ठूलो छाती बनाएर त्याग गरौँ, उपमहासचिव शर्माले भने, ‘ बाबुराम जी, किरण, गोपाल किराँती, विश्वभक्त जी, विप्लव जी सबै माओवादी शक्ति संगठित गरौँ । समाजवादी आन्दोलन एक बनाएर अघि बढौँ ।’