काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आंकलन गरेका छन् ।
आफ्नाे नेतृत्वकाे सरकारमा उपप्रधानसहित पूर्व गृहमन्त्री लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको विश्लेषण गरेका हुन् । आज विपक्षी दलहरुको बैठकमा प्रचण्डले प्रतिपक्षीलाई फुटाइ दिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन् ।
बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार पक्राउ गर्ने रणनीतिमा रहेको उनले विश्लेषण गरेका हुन् । यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन् ।
लामिछानेलाई पक्राउ गर्नेसम्बन्धमा अहिले विभिन्न खालकाे टिकाटिप्पणी भैरहेकाे छ ।
प्रतिक्रिया