काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
सकृय राजनीतिमा लाग्ने भन्दै उनले राजिनामा दिएकाे कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । दशैंअघि नै दिएकाे राजिनामा त्यसैबेला स्वीकृत गरेका थिए ।
‘हाम्रो पार्टीको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन,’ झाले भने,‘उहाँले पार्टीभित्र सक्रिय राजनीति गर्ने भनेर राजीनामा दिनुभएको हो। ६ महिनाको कुलिङ पिरियडपछि अर्को जिम्मेवारीमा रहेर काम गर्नुहुनेछ।’
प्रतिक्रिया