दशैंकाे दाेस्राे दिन ब्रम्हचारिणी देवीकाे पूजा गरिदै

आज हिन्दु धर्माबलम्बीहरूको महान् चाड बडा दशैँको दोस्रो दिन । आज नवरात्रमा पूजा गरिने नवदुर्गा मध्येकी  माता ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै छ ।

सेतो बस्त्र धारण गरेकी, शिरमा अर्थचन्द्र र नाना प्रकारका आभुषण धारण गरेकी, दाहिनी हातमा जपको माला र बाँया हातमा कमण्डलु लिएकी  देवी ब्रह्मचारिणीको आजका दिन पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने शास्त्रमा बताइएको छ ।

यसका साथै माता ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।

बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले यी देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपाका रुपमा लिइछ। देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गएको बताइएको छ ।

जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ । देवी ब्रह्माचारिणीलाई ‘दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।’ मन्त्र जप गरी आराधना गर्ने प्रचलन रहेको छ ।

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ। कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ।

यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ। ​नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।

आजकै दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्ने शाष्त्रिय मान्यता रहेको छ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

देवी ब्रह्मचारिणीको पूजा गर्दा फूल, अक्षत, रोली, चंदनले पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चडाउनु पर्दछ । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेटी दिनुपर्दछ । देवीलाई प्रदक्षिणा गर्नुपर्दछ । कलश देवता पूजापछि यही प्रकारले नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताको पनि पूजा गर्नुपर्दछ  ।

देवीको पूजा गरिसकेपछि हातमा फूल लिएर प्रार्थना गर्नुपर्दछ ।
ब्रह्मचारिणी मंत्र स्या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

ब्रह्मचारिणी ध्यान स्वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम ।।गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।परम वंदना पल्लवराधरां कांत कपोला पीन ।पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

ब्रह्मचारिणी स्तोत्र पाठ स्तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।

ब्रह्मचारिणी कवच स्त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनीअर्पण सदापातु नेत्रो, अर्धरी च कपोलोपंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरीषोडशी सदापातु नाभो गृहो च पादयोअंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी