काठमाण्डौ। आफूले खाईपाइ आएको तलव दशैंअघि पाउनुपर्ने माग राख्दै पशुपति क्षेत्र विकास कोषमा अस्थायी करार र ज्यालादारीमा कार्यरत एक सय वढी कर्मचारीले आन्दोलनमा उत्रने तयारी गरिरहेका छन् ।
कोषमा कार्यरत स्थायी र मन्त्रालयबाट साउन १ गते पछि सिधै नियुक्ति भएका कर्मचारी बाहेकका वर्षौ देखि कार्यरत अस्थायी , करार तथा ज्यालादारीमा कार्यरत एक सय बढी श्रमिकको गतसाउन देखि तलब भत्ता पाएका छैनन् । तर त्यहाँ कार्यरत माथिल्लो तह र प्रशासनमा काम गर्ने कर्मचारीले भने तलब खाइरहेको सूचना आफहरुलाई आएको एकृत ट्रेड युनियनका सचिव रवि केसीले जानकारी दिएका छन् ।
दशैं अघि आफूले खाइपाइआएको तलव भत्ता नपाए मजदुरहरूले यही असोज १८ गते शुक्रबार बिहान ११ बजे सम्म तलब भत्ता नदिए शुक्रबार मध्याह्न १२ बजे देखि कोषमा आन्दोलन सुरु गर्ने बताएका छन् ।
मजदुर नेता रवि केसी पशुपतिका अस्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीको तलब भत्ता रोकेर कोषले कर्मचारीप्रति श्रमशोषण गरेको भन्दै उनीहरूको आन्दोलनमा आफूहरूको पनि ऐक्यवद्धता रहने बताए । नेता केसीले कोषले पटक पटक यसरी अस्थायी करार र ज्यालादारीका कर्मचारी प्रति गरेको व्यवहार प्रति दुख प्रकट गरे ।
साउनदेखि तलब नपाउँदा आफूहरू निकै समस्यामा परेको एक कर्मचारीले बताए । उनले भने दशैँ पनि भित्रियो पारिश्रमिक नआउने हो कि भन्ने चिन्ताले सताएको छ उनले भने ।
गत साउनदेखि नै सुरक्षाकर्मीदेखि सरसफाइमा काम गर्ने एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् तर नसाउन १ गतेबाट हाजिर भएका अधिकृत तहका कर्मचारीले भने पारिश्रमिक पाइरहेको उनको दाबी छ ।
तलब माग्दा परिषद् बैठकले निर्णय नगरेको र बैठकमै पारिश्रमिक निकासाका लागि एजेन्डा नै नउठेको भन्दै माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई टार्दै आएको आफूलाई गुनासो आएको एकीकृत ट्रेड युनियनका सचिव रवि केसीले बताए । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बसेर उनीहरूलाई तलब निकासा गर्नुपर्नेमा कोषले बेवास्ता गर्दै आएको उनले आरोप लगाए ।
‘एक दुई दिनमै परिषद् बैठक बसेर उहाँहरूको तलब दिन्छौँ,’ कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारीले भनेका छन् ।
काम गरेपछि तलब नदिने भन्ने कुरै भएन उनले दशैँअघि नै सबै कर्मचारीले तलब पाउने बताएका छन् ।
प्रतिक्रिया