काठमाडाै । बाढी पहिराेमा परि मृत्यु हुनेकाहरुकाे परिवारले दुई लाख पाउने भएकाे छ ।
सरकारले बाढी–पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको हाे। हिजाे (सोमबार) बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विपद्जन्य घटनाबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप २ लाख दिने निर्णय गरेको हो । त्यस्तै प्रधानमन्त्री ओलीले आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत राहतका अन्य प्याकेज घोषणा गर्ने निर्णय गरेका छन्।
प्रतिक्रिया