गृहले गर्याे काठमाडाै सहित केही प्रजिअकाे सरुवा

काठमाडाै । गृह मन्त्रालयले विभिन्कान जिल्लाकाे जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । हिजाे(मंगलबार) राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । 

काठमाडौँको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई मन्त्रालय तानेर कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ ।

अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।यस्तै प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा ल्याइएको छ भने इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएकाे छ । यस्तै गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टोक राज पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ, उनलाई महाशाखा तोक्न बाँकी रहेकाे छ ।