त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५४ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।