काठमाडौं । पारालिम्पिक्समा कास्य पदक बिजेता पलेसा गोबर्धनलाई १० लाख र अन्य खेलाडीलाई पनि एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
एनसेलले पलेसालाई १० लाख र देशको प्रतिनिधित्व गर्ने अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो ।
एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप यो सम्मान तथा सहयोग गर्न लागिएको जनाएको छ । एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।
पलेसासहितको पारा तेक्वान्दो टोली आज बिहान स्वदेश आइपुगेको छ । यसैबीच नेपाललाई पहिलोपटक ऐतिहासिक पदक दिलाउने पलेशालाई सरकारले ६५ लाख रुपैयाँ दिने भएको छ ।
प्रतिक्रिया