यसरी स्वागत गरियाे पलेशालाई

काठमाडौ। पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजाराै समर्थकले स्वागत गरेका छन् ।

अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइएकाे थियाे ।

पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो । सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसालाई ६५ लाख रुपैयाँ दिईने भएकाे छ ।