रआज यी स्थानमा वर्षाकाे संभावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाकाे अनुसार अहिले बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेकाे छ। आकाशमा बादल देखिएको छ । साथै कोशी, मधेस, गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको  छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यस्तै आज राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।