काठमाडौ । मन्त्रालयको विषयमा कुरा नमिलेपछि सरकार बाहिर रहेको एमाले गण्डकी प्रदेश सरकारमा बल्ल सहभागी हुने भएको छ । मन्त्रालय फुटाएरै भए पनि भागबण्डा मिल्ने भएपछि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्री नियुक्त गरी शपथग्रहण गराउने तयारी गरेको जानकारी दिए । सात मन्त्रालय रहेको गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्याउने सहमति यसअघि नै भएको थियो ।
सहमतिअनुसार अब ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय पाउनेछ । एमालेले भौतिक, पूर्वधार तथा यातायात, कृषि पर्यटन, वन र स्वास्थ्य मन्त्रालय लिने भएको छ ।
यता कांग्रेसको भागमा परेको मन्त्रालयमा मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा ९माओवादी केन्द्र० को चुनाव चिन्ह लिएर निर्वाचित नेसपाका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने तयारी गरेका छन् ।
यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पुर्याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँट मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको हो ।
मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्न लाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको छैन ।
प्रतिक्रिया