कांग्रेसको बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित हुने

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको बैठक आज फेरी बस्ने भएको हो ।
आजको बैठकमा महामन्त्रीद्वयको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने एक नेताले जानकारी दिए ।
थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ भने अर्का महामन्त्री विश्व प्रकाश शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ ।

केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ । केन्द्रीय समितिमा बोल्न बाँकी पाँच जना मात्रै छन् ।

सभापति शेरबहादुर देउवा, दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धारणा राखेपछि निर्णयहरु पारित गर्दै बैठक सकिनेछ ।