काठमाडौ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई गृहमा तानिएको केही समयमा नै जिल्ला प्रहरी प्रमुखलाई प्रहरी मुख्याल तानिएको छ ।
प्रहरी प्रधान कार्यालयले एसपी गौतम केसीलाई हेडक्वाटर तानेर उनको ठाउँमा दीपेन्द्र शाहीलाई प्रहरी प्रमुख बनाएर पठाइएको हो ।बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङकोे प्रहरी प्रमुख हेरफेर गरेको बताईएको छ।
मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको हो ।
प्रतिक्रिया