झ्याप्ले खाेलामा पुरिएकाे बसबाट थप तीन शव निकालियाे, गाेरखाबाट आएकाे पुष्टि

काठमाडाै । नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा परि पुरिएको बसबाट तीन शव निकालिएकाे छ।

 नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार उक्त पहिरोमा थप तीन वटा शव फेला परेको हाे ।

शवको पहिचान भएको छैन । गोरखाबाट शुक्रबार बिहान छुटेको बस भएकाे पनि पुष्टि भएकाे छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको थियाे । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको थियाे । उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको पुष्टी भएकाे हाे ।