बाढी पहिराे अपडेट: ज्यान गुमाउनेकाे संख्या १० पुग्याे

काठमाडाै । अविरल वर्षासँगैको बाढी, पहिरोमा परी ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ भने ११ जना बेपत्ता भएका छन् । सात सय ६० जनाको सकुशल उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

काभ्रेमा तीन जना, पाँचथर र धनकुटामा दुईरदुई जना तथा धादिङ, काठमाण्डौ र ललितपुर एकरएक जना गरी १० जनाले ज्यान गुमाएका छन् ।

थप क्षतिको विवरण आउन बाँकी छ । सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको केन्द्रीय प्रहरीले जनाएको छ ।