दशैंका लागि आजदेखि टिकट बुकिङ खुला, बिहानैदेखि टिकट लिन लाइनमा यात्रु

काठमाडाै । दशैंका लागि आजदेखि टिकट बुकिङ खुलेसङ्गै बिहानदेखि यात्रुहरु काउन्टरमा लाइन लागेका छन् ।

टिकट लिन आज(शनिबार) बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका हुन् ।

वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।