३० लाख बार्गेनिङ गर्ने इन्सपेक्टर शाहीलाई निलम्वन गर्न सिफारिस

काठमाडाै। बलात्कारकाे मुद्दा मिलाईदिने भन्दै ३० लाख माग्ने आर्थिक भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।

ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको बताए ।

हाल शाहीलाई उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।