काठमाडाै । घुस लिदालिदै एक वडाअध्यक्षलाई विप्लव नेतृत्वकाे माओवादीले समातेकाे छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापा बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुससहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका हुन् । एक भारतीय नागरिकलाई जमिन दिलाइ दिने भन्दै वडाध्यक्ष ओलीले एक लाख ६० हजार घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन् ।
आज दिउँसो बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा भारतीय नागरिक अमरनाथ चौहानबाट ८० हजार रुपैयाँ लिँदै गर्दा ओलीलाई विप्लव कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । घुस दिने र लिनेलाई अहिले प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
प्रतिक्रिया