दशैकाे लागि १२ असाेजबाट अग्रिम टिकट बुकिङ खुल्दै

काठमाडौ । दसैंका लागि अग्रिम बस टिकट खुल्ने भएकाे छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलबाट असाेज १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ।

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए  ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पनि १२ गतेदेखि अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको जानकारी गराए ।