काठमाडाै। निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचत तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको आयोगले जनाएको हाे ।
आइबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सोमबारसम्म दर्ता नामावलीमात्र मान्य हुने बताईएकाे छ।
आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको उनले बताए
निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानूनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय समेत गरिसकेको छ ।
अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताले मात्रै आगामी स्थानीय तहको उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् ।
३ स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ४१ स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया