काठमाडाै । नेपाल पत्रकार महासंघकाे निर्वाचन मिति ताेकेसङ्गै त्यसकाे चाैतर्फी बिराेध हुन थालेकाे छ ।
नेकपा एसनिकट पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठनले पनि नेपाल पत्रकार महासंघद्वारा हालै सार्वजनिक सदस्यको नामावलीप्रति आपत्ति जनाएको छ ।
असोज १२ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत सार्वजनिक गरिएको सदस्यता नामावलीमा फेरि पनि विगतमा झैं गलत नियतका साथ नाम हटाउने र थप्ने काम भएको सो संगठनले जनाएको छ ।
महासचिव रामकुमार एलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ’ ‘शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ । हाम्रो संगठन यस्तो खाले शुद्धीकरणको पक्षमा छैन ।’ असोज १२ को चुनाव असफल पार्न महासंघका प्रदेश र जिल्ला शाखामा तालाबन्दी मातहतका कमिटीलाई निर्देशनसमेत दिइएको छ ।
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिका नाममा असोज १२ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत सार्वजनिक भएको सदस्यता नामावलीप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
हालै आएको सदस्यता विवरणमा फेरि पनि विगतमा झैं गलत नियतका साथ नामहरु हटाउने र थप्ने काम भएको छ । शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ । हाम्रो संगठन यस्तोखाले शुद्धीकरणको पक्षमा छैन । तसर्थ, असोज १२ को निर्वाचन असफल पार्नका निम्ति महासंघका सम्पूर्ण प्रदेश र जिल्ला शाखामा तालाबन्दी गर्न यस संगठनका सम्पूर्ण प्रदेश तथा जिल्ला कमिटीलाई निर्देशन दिइएको छ । साथै, हाम्रो संगठन निम्न मागलाई अगाडि सार्दछ ।
१. सदस्यता शुद्धीकरणको प्रक्रियालाई आगामी कार्यकालको कार्यभारका रुपमा परिभाषित गर्दै तत्कालका लागि स्थगित गरियोस् र २०७७ चैत मसान्तसम्म सदस्य रहेका पत्रकारलाई नवीकरणको समय तोकियोस् । त्यसक्रममा जिल्लामा सर्वसम्मत भएर गएका नामलाई प्रदेशले स्वीकृति र केन्द्रले अभिलेखित गरोस् ।
२. नयाँ सदस्यको हकमा पनि जिल्लामा सर्वसम्मत भएका, उपत्यकाको हकमा रसिदसमेत काटिसकेका पत्रकारलाई मतदाता कायम गरियोस् ।
३. यो प्रक्रियाका लागि आवश्यक समय छुट्टयाएर महासंघको नयाँ निर्वाचन मिति अबिलम्ब तोकियोस् ।
(रामकुमार एलन)
महासचिव
मिति– २०८१ भदौ ३१ गते
प्रतिक्रिया