काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले कारबाहीको सिफारिस गरेपछि आफूले सहकारी ठगी गरेको आरोपबाट क्लिन चिट पाएकाे बताएका छन् ।
संसद बैठकपछि बाहिर निस्किने क्रममा संचारकर्मीसङ्ग बाेल्दै सभापति लामिछानेले आफूले प्रबन्ध निर्देशकको रुपमा काम गरेको र आफूले सहकारी ठगेको भन्ने विषय प्रमाणित नभएको बताएका हुन् ।
उनले भनेका छन्- ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन । आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला । मूल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो । मलाई सहकारी ठग भनिएको थियो । प्रतिवेदन चाहिँ हेर्न पाएको छैन । तर, जुन विषयमा लाञ्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ ।’
रविले सहकारी ठगेकाे आराेप लागेपछि उनीमाथि कारबाही हुनुपर्ने आवाज उठिरहेकाे छ ।
प्रतिक्रिया